September 19, 2024

एजेन्सी – साउदी प्रो लिग विजेता अल हिलालले लिगमा ब्याक टु ब्याक जित निकालेको छ। गत सिजन अपराजित रहँदै च्याम्पियन बनेको अल हिलालले नयाँ सिजनको दोस्रो खेलमा पनि जित निकालेको हो।

बुधबार राति अल हिलालले दमाकलाई ३-२ को गोल अन्तरले पराजित गर्यो। खेलमा पछि परेर पनि खेलको अन्त्य तिर दुई गोल गर्दै हिलालले ३-२ को जित पक्का गर्यो।

अल हिलालका लागि एलेक्जान्डर मिट्रोभिकले दुई गोल गर्दा मुसाब फाहज् अलजुहारीले एक गोल गरे। दमाकका लागि भने फ्रान्कोइ कोमानो र हाबिब डायलोले एक–एक गोल गरेका थिए।

पहिलो हाफको इन्ज्युरी समयको पाँचौ मिनेटमा मिट्रोभिकको गोलबाट हिलालले अग्रता लिएको थियो। तर ४९ र ५३ औं मिनेटमा गोल बेहोरेसंगै अल हिलाल पछि पर्यो।

७३ औं मिनेटमा अलजुहारीले बराबरी गोल फर्काए भने मिट्रोभिकले ८४ औं मिनेटमा गोल गरेसंगै अल हिलालको जित पक्का भयो। यस संगै हिलाल लिगको शिर्ष स्थानमा उक्लिएको छ।

अल हिलालले २ खेलबाट ६ अंक जोडेको छ। दमाक बिना अंक १५ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *