September 19, 2024

एजेन्सी – युइएफए नेसन्स लिगमा जर्मनीले शानदार सुरुवात गरेको छ। यूईएफए नेसन्स लिग–ए को खेलमा जर्मनीले हंगेरीविरुद्ध गोल वर्षा गर्दै शानदार जित दर्ता गरेको हो।

शनिबार राति भएको खेलमा जर्मनीले हंगेरीविरुद्ध ५-० को गोल अन्तरले जित निकाल्यो। पहिलो हाफमा १-० को अग्रता लिएको जर्मनीले दोस्रो हाफमा चार गोल थप्यो।

जर्मनीका लागि निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले एक एक गोल गरे। जर्मनीले खेलभर बलमा राम्रो नियन्त्रण राखेको थियो।

बलमा कुल ५७ प्रतिशत नियन्त्रण राख्दा जर्मनीले कुल २३ प्रहार गर्यो। जसमध्ये ९ प्रहार टार्गेटमा थिए र पाँच प्रहार गोलमा परिणत गर्न जर्मनी सफल भयो।

त्यसमध्ये एक गोल पेनाल्टीबाट आएको थियो। लिग–ए का समूह ‘३’ मा रहेको जर्मनी तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमै पराजित हंगेरी भने तालिकाको अन्तिममा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *