September 19, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले क्याटलान क्लब बार्सिलोनाका आफ्ना पूर्व सहकर्मी लुइस सुआरेजलाई भावुक सन्देश पठाएका छन्। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका सुआरेजलाई भिडियो सन्देश पठाएका हुन्।

सुआरेजले भर्खरै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। उनले दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेका लागि अन्तिम खेल खेल्दै सन्यास लिए। पराग्वे विरुद्धको खेल पश्चात एक कार्यक्रमका बीच सुआरेजको बिदाई गरियो।

त्यस कार्यक्रममा नेयमारले पठाएको सन्देश देखाएको थियो। नेयमारले सुआरेजसँग खेल्न पाउनु आफ्नो लागि सम्मानको कुरा रहेको बताएका थिए। सो भिडियोमा नेयमारले सुआरेजसँग बिताएका पलहरुलाई स्मरण गरेका थिए।

“यो दुखद दिन हो, तर तिमीले राष्ट्रिय टोलीका लागि गरेका सबै कुराहरू र अनुभव गरेका कुराको लागि धेरै खुशीको दिन हो। तिमिलाई एक व्यक्तिको रूपमा चिन्नु सम्मानको कुरा हो। तिमि विरुद्ध खेल्नु धेरै गार्हो काम हो। एक खेलाडीको रूपमा मलाई हाम्रो कुराकानी र क्षणहरू सधैं मेरो सम्झनामा रहनेछ।”,नेयमारले भिडियोमा भनेका थिए।

त्यसक्रममा उनले सुआरेजलाई आफूहरु सधैं संगै हुने पनि बताएका थिए। उनको सन्देश थियो,”मैले तिमिसग धेरै राम्रा पलहरू बिताएँ। मलाई थाहा छ यो उरुग्वेवासीहरूको लागि दुखद दिन हो किनभने उनीहरुले एक अविश्वसनीय खेलाडीले बिदाइ गर्दैछन्। धेरै-धेरै माया, हामी सधैं संगै रहने छौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *