September 19, 2024

एजेन्सी – ब्राजिलका लेजेण्ड स्ट्राइकर रोनाल्डो नाजारियोले ब्राजिलियन खेलाडीहरुलाई क्याटलान क्लब बार्सिलोनाले राम्रो व्यवहार नगर्ने गरेको दावी गरेका छन्।

एक कुराकानीका क्रममा रोनाल्डोले बार्सिलोनाबाट ब्राजिलियन खेलाडीहरुलाई राम्रो व्यवहार नगर्ने गरेको दावी गरेका हुन्। यस्तो दावी गरिरहँदा उनले केहि खेलाडीहरुको उदाहरण पनि दिए।

“बार्सिलोनासँग मेरो इतिहास धेरै खराब थियो। नेयमारसँग पनि त्यस्तै भयो। नेयमार रोमारियो, रोनाल्डिन्हो र मसँग बार्सिलोनालाई समस्या थियो। हाम्रो सबै योगदान र समर्पणको बावजुद अन्तमा हामी सबैलाई क्लबले नराम्रो व्यवहार गर्‍यो।”,रोनाल्डोले भने।

रोनाल्डोले बार्साका लागि मात्र एक सिजन खेलेका थिए। सन् १९९६-१९९७ को सिजनमा बार्सिलोनाबाट खेलेपछि उनले रियल म्याड्रिड, इन्टर मिलान र एसी मिलानबाट खेलेका थिए।

बार्सिलोना छाडेर रियल पुगेपछि उनले सन् २००० को दशकमा कुल १ सय ७७ खेल खेले। जसमा उनले १ सय ४ गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *