September 19, 2024

एजेन्सी – युइएफए नेसन्स लिगमा स्पेनले पहिलो जित निकालेको छ। युइएफए नेसन्स लिगको पहिलो खेलमा बराबरीमा रोकिएको स्पेनले दोस्रो खेलमा भने शानदार जित दर्ता गरेको हो।

दोस्रो खेलमा स्पेनले स्विजरल्याण्डलाई सहजै पराजित गर्यो। पहिलो हाफमै १० खेलाडीमा समेटिएर पनि स्पेनले स्विजरल्याण्डलाई ४-१ को गोल अन्तरले पराजित गर्न सफल भयो।

२०औं मिनेटमा नोर्मान्डले रातो बेहोर्दै मैदानबाट बाहिरिएका थिए। जसकारण बल नियन्त्रणमा स्पेन पछि पर्यो। बलमा स्पेनको मात्रै ३३ प्रतिशत नियन्त्रण थियो। तर आक्रमणमा भने स्पेनले गज्जब गर्यो।

जोसुलुले चौथो मिनेटमै स्पेनलाई अग्रता दिलाएका थिए। स्पेनका लागि रुइजले १३औं मिनेटमा दोस्रो गोल गरे। १औं मिनेटमा स्विटरल्यान्डका अम्बोउनीले गोल फर्काए।

७७ औं मिनेटमा रुइजले टोलीका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे। टोरेसले ८०औं मिनेटमा गोल गर्दै खेललाई ४-१ को अवस्थामा पुर्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *