September 19, 2024

एजेन्सी – साउदी क्लब अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडको दोस्रो बसाईको क्रममा धेरै राम्रो प्रदर्शन गरेको दावी गरेका छन्।

एक कुराकानीका क्रममा रोनाल्डोले युनाइटेडको दोस्रो बसाईमा धेरै राम्रो प्रदर्शन गरेको बताएका हुन्। त्यसक्रममा उनले युनाइटेडमा दोस्रो पटक फिर्ता हुन पाउँदा धेरै खुशी भएको उल्लेख गर्न छुटाएनन्।

“जब म म्यान युनाइटेडमा फर्किएँ, म धेरै खुसी थिएँ। म उत्कृष्ट स्कोररमध्ये एक थिएँ। मैले क्लबसँग अविश्वसनीय चीजहरू गरें।”,रोनाल्डोले स्पष्ट रुपमा भने।

रोनाल्डोले युनाइटेड फर्किएपछि ३७ गोल गरेको र प्रिमियर लिगमा तेस्रो उच्च गोलकर्ता बनेको उल्लेख गरे।

उनले भने,”मेरो पहिलो सिजन ३७ गोलको साथ, म लिगको तेस्रो उत्कृष्ट गोलकर्ता थिएँ। मैले सबै समूह चरणमा गोल गरेँ। हरेक खेलमा गोल गरेँ । लिगमा पनि मैले १७-१८ गोल गरेँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *