September 19, 2024

एजेन्सी – स्पेनिस लालिगामा रियल बेटिसले सानदार जति दर्ता गरेको छ। शुक्रबार राति भएको खेलमा सानदार प्रदर्शन गर्दै बेटिसले सिजनको पहिलो जित दर्ता गरेको हो।

बेटिसले घरेलु मैदानमा सीडी लेगानेसलाई २-० को गोल अन्तरले पराजित गर्यो। बेटिसको जितमा अब्दे इज्जलजौली र भिक्टर रोगले गोल गरे। दुई मध्ये दुवै गोल दोस्रो हाफमा भएका थिए।

खेलको ७४ औं मिनेटमा बेटिसले पहिलो गोल गरेको थियो। दोस्रो गोल भने खेलको ८६ औं मिनेटमा आयो। सो गोल ब्राजिलियन फरवार्ड भिटोर रोकले गरेका थिए।

ब्राजिलियन फरवार्ड भिटोर रोक तिनै खेलाडी हुन्, जो केहि समय अगाडी मात्र बार्सिलोनाबाट लोनमा बेटिस पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *